Sep 13, 2008

गोर्खालीको बाटो

हस्त गौतम मृदुल

रोटी पोल्ने चुलो, खेतीको गरा छुटियो।
छुटने छैन कहिल्यै पनि गोर्खालीको जाती।

उही भाषा उही भेष, संस्कृति र संस्कार,
फुटने छैन गर्विलो छ, नेपालीको छाती।

बिरानो छैन नाता, हो रगतले लेखेको,
सुगौली सन्धीले मात्र ठुलो घात गरयो।

मेचीकालीमा सिमित पारी र्सवभौमिता,
आखिरमा गोर्खालीको स्वाभीमान हरयो....

खोजी गर्ने छौ हाम्रो आफनो भुगोल,
कुनै दिन लुटिएको सर्वभौमिक माटो।

एउटै छ चाहाना, एउटै छ कामाना,
कोही सक्दैन छेक्न, गोर्खालीको बाटो।

भर्जिनिय, अमेरिका

No comments: