Nov 17, 2009

आजका मान्छे


बसन्त मोहन अधिकारी


खोजी र अनुसन्धान
मानव सुख शान्तिको
आवश्यकता
विकास
यसैले महल, पजेरो, जहाज बन्यो ।

विकशीत स्वरुपमा
कल्पबृक्षको निर्माण
स्वयमको लागि,
वंश र धर्मको लागि,
पाटीको लागि,
देशको लागि
राख्न र उपभोग गर्न
ऊ लागिपरिरहेछ
जोगाउँने होडवाजी
बम, बन्दुक, मिसाएल बनाईरहेछ ।

उपलब्धि र निर्माण
स्वयमको लागि
परिवार मार्छ
वंश र धर्मको नाममा
युद्ध गर्छ
पाटीको नाममा
जनता जुधाउँछ
एकै घर यो पृथ्वीको भागवण्डा
आफ्नो देशको रक्षार्थ
अर्को देशको जनता मार्छ ।

अन्ततः जसले
जे जे खोजे पनि
जे जे गरे पनि
मर्ने र मार्ने
यहि मानव भयो ।

आजका मान्छे
यो विकशीत स्वरुपमा
सुन्न त सुन्छ
बुझ्दैन
हेर्न त हेर्छ
देख्दैन
यसैले रोदन र चित्कारका
ऐया... ऐया.. आवाज गुञ्जीरहेछ ।
यो भयाभव दृष्य देखाईरहेछ ।
मानव आत्माको खोजी नभएर
मानव ह्रदय बोधो भएकोछ ।

प्रतिफल
यत्रो विकास र उपलब्धिमा पनी
स्वयम आजका मानव
रोईरहेछन् ....
रोईरहेछन्.....

No comments: