Mar 25, 2009

गजल


भूपेन्द्र महत

तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछी भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थेयौ
खाटा बसेको घाऊ बल्झी फेरी परपरायो

फुल जस्तो सुकोमोल म्रिगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

No comments: