Aug 23, 2008

मेरो यात्रा अब अन्तरिक्ष तिर


डि.वी. पालुङ्वा

गुज्रिएर म्याद सपनाको त्यो मधुमासमा
उपेक्षित त्यो मृत्युको ढोका ढकढक्याएर
नखोलिएका ती देउलहरुबाट
च्यातेर तमसुक जिन्दगीको
एउटा वेवारिस लासको उठाएर मुचुल्का
पुरा हुन नसकेको फेहरिस्त
न्यायधिशको इजलासबाट
तारिक लिएर फर्किएको म
आखिर
आखिर गुन्जायस के हो भनेर कसैलाई सोधिन
भगवान संग फेरी कहिल्यै संम्झौता गरिन
र भगवान्लाई गाली गर्नु पर्छ भन्ने मैले कहिल्यै ठानिन
वास्तवमा यो मेरो इश्वर प्रतिको आस्था हुन सक्छ
किनकी
कालीको अघि वलि चढाएर
एउटा गर्धन छिनेको भालेको
दुइ तीन मिनेट पश्चात विस्मृतीको भुइमा
नियन्त्रणको अन्तिम स्वास
मेरो अभिब्यक्तिको सारांस हुन सक्छ
तर यो बुझ्न सक्ने क्षमता
आमाको हृदयले मात्र राख्न सक्दछ।
यो मेरो विश्वास हो ।
मैले मेरो आमाको मुटुलाई सधैं स्वास्थ्य राख्न
जिन्दगीको कठिन सिंडीहरु उक्ले
यद्धपी ती उचाईहरुबाट स्वाभिमानका हातहरु
हल्लिन कहिल्यै सकेन ।
यस्तो दुर्दशामा
यी अङ्गालोका सिथिलताहरु बिचौ बिच
आंधी र हुरी सहितको वगिरहंदो रहेछ नदी
मेरो सास फेराईलाई बांच्नुको अर्थ दिएर
यो वर्तमान्को आलो ब्यथालाई अतित तिर धकेलेर
एउटा गढनिर अढेसा लिदै
योद्वाको उपाधी नमिल्दै
एउटा अध्यांरो रातलाई स्वीकार नगरेको कहिले पो छ र ?
हावामा झुण्डीएका हेण्डल पक्रेर
भुमण्डलीकरण प्रदुशणयुक्त अणुहरुबाट
मिश्रीत अक्सिजनको टैंक भिरेर
अन्तरिक्क्ष यात्रा सुरु गर्दैछु ।
यस धर्तिको माया बोकेर
दिन दिनै टाढा हुदैंछु ।

summer season 2008

No comments: