लोकेश याक्थुङ्बा
बिरानो ठाउँ बिदेशको पीडा पोखु म कसरी
स्वदेशको माया कती छ कती जोखु म कसरी
न भोक तिर्खा न रातमा निद्रा दु:खमा रुनु छ
गाऊ घर सम्झी प्रमोद सबै आशुले धुनु छ
यो छाती मेरो उर्लेर आउँदा रोकु म कसरी
स्वदेशको माया कती छ कती जोखु म कसरी
साथ दिने यहाँ कोही पाइन्न बिरानो ठाउमा
नमरे बचेँ दैबले साचे फर्कौला गाउमा
टलपल छ यो आँखामा आशु रोकु म कसरी
स्वदेशको माया कती छ कती जोखु म कसरी
फाकुम्बा-१,ताप्लेजुङ
No comments:
Post a Comment